• साईटम्याप
  • लो ब्यान्डविड्थ
  • स्क्रीन रीडर
  • ०६९-५२११८८,९८५७६७७१८८
  •   Dark
  • अ‌‌+ अ‌ अ‌-
  •   English

गण्डकी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय

प्रदेश अस्पताल

बेनी, म्याग्दी, नेपाल

  • हाम्रो बारेमा
    हाम्रो बारेमा नागरिक वडापत्र दरबन्दी संरचना कार्यालयका कर्मचारीहरु व्यवस्थापन समितिका पदाधिकारीहरु
  • सूचना तथा समाचार
    सूचना समाचार प्रेस विज्ञप्ती वार्षिक प्रतिवेदन
  • मौजूदा कानून
    ऐन नियम
  • हाम्रा सेवाहरु
  • डाउनलोड
    बोलपत्र विल तथा फारम प्रकाशन दरखास्त फारम
  • उजुर / गुनासो
  • मिडिया
    फोटोहरु भिडियोहरु
  • सम्पर्क
  1. गृहपृष्ठ
  2. सूचना
  3. बेनी अस्पतालमा आइसियु कक्ष

बेनी अस्पतालमा आइसियु कक्ष



भदौ १ गतेबेनी अस्पतालमा सघन उपचार कक्ष (आइसियु) स्थापना गरिएको छ । गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको एक करोड ७९ लाख रुपैयाँको लागतमा बेनी अस्पतालले २ वटा भेन्टिलेटर सहितको ५ शैयाको आइसियु कक्षा स्थापना गरेको हो । आइसियु कक्ष स्थापना भएपछि जटिल प्रकारका विरामीहरु जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ ।

जिल्ला अस्पतालहरुमा आइसियु नहुँदा जटिल प्रकारका बिरामीको उपचारमा समस्या भएको भन्दै गण्डकी प्रदेश सरकारको गत बैशाखमा बसेको बैठकले सबै जिल्लामा सघन उपचार कक्ष (आइसियु) निर्माणका लागि बजेट विनियोजन गरेको थियो ।

कोरोना भाइरस कोभिड १९ को संक्रमणलाई समेत मध्यनजर गरेर प्रदेश सरकारले जिल्ला तहमा आइसियु तथा भेन्टिलेटरको अभावमा हुन नदिन आइसियु कक्ष स्थापना गरेको हो । आइसियु स्थापना भएपछि जटिल खालका बिरामीलाई पोखरा र काठमाण्डौं लैजानुपर्ने बाध्यता हट्ने अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो । आइसियुका लागि आवश्यक पर्ने सबै स्वास्थ्य सामग्रीहरु जडान भाइसकेका छन् ।

तत्कालका लागि आइसियु सञ्चालन गर्न जनशक्ति नभएकाले एकमहिना भित्रमा सञ्चालन गरिने उहाँले बताउनुभयो । तर आपत विपत परेमा तत्कालन कुनै विरामीलाई आइसियुको आवश्यकता भएमा सञ्चालन गर्नसकिने उहाँले बताउनुभयो । एकमहिना भित्र औपचारिक रुपमा सघन उपचार कक्ष(आइसियु)को उद्घाटन गरिने उहाँले बताउनुभयो ।

प्रदेश सरकारले आइसियुका लागि दुईजना जनशक्ति उपलब्ध गराएपछि पूर्णरुपमा सञ्चालनमा ल्याउने अस्पतालले जनाएको छ ।
अस्पतालको नयाँ भवन निर्माणधिन अवस्थामा रहेकाले हाललाई जिल्ला स्वास्थ्य कार्यालयको भवनमा आइसियु स्थापना गरिएको छ । हालैमात्र जिल्लामा पहिलोपटक निशुल्क रुपमा मिर्गौलाको डायलाइसिस सेवा सञ्चालन गरेको अस्पतालमा नयाँ थप सेवासुविधाहरु थपिदै जानथालेपछि सर्वसाधरणहरुलाई राहत मिल्ने अपेक्षा गरिएको छ ।

Download: बेनी अस्पतालमा आइसियु कक्ष


Share Tweet Share
66
महत्वपूर्ण लिंकहरु

  • प्रदेश तर्फ
  • संघ तर्फ
  • अन्य
  •   मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   भौतिक पूर्वाधार,शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   प्रदेश नीति योजना आयोग, गण्डकी प्रदेश, पोखरा
  •   मुख्यन्यायाधिवक्ताको कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश पोखरा
  •   कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश
  •   भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय
  •   उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश
  •   सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय
  •   आर्थिक मामिला मन्त्रालय, गण्डकी प्रदेश
  •   उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय, गण्डकी प्रदेश
  •   प्रदेश लोक सेवा आयोग, गण्डकी
  •   पुरातत्व विभाग, रामशाहपथ, काठमाडौँ,
  •   गृह मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   अर्थ मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   Pokhara Academy of Health Science Western Regional Hospital
  •   निजामती अस्पताल नयाँ बानेश्वर
कार्यालय भएकाे स्थान

सम्पर्क ठेगाना

गण्डकी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय

प्रदेश अस्पताल
बेनी, म्याग्दी, नेपाल

०६९-५२११८८,९८५७६७७१८८

benihospital.adm@gmail.com

http://benihospital.gandaki.gov.np

Developed By:Virtual Technology Pvt. Ltd.
© Province Hospital 2025