गण्डकी प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

बेनी अस्पताल

म्याग्दी, नेपाल

बेनी अस्पतालमा कार्यरत एकजना डाक्टरमा कोरोना संक्रमण



बेनी अस्पतालमा कार्यरत एक जना डाक्टरमा कोरोना पुष्टि भएको छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना देखिएको यो पहिलो केस हो । केही दिन अघि कोरोनाको लक्षण देखिएका विरामी अस्पतालमा सेवा लिन आएका थिए ।

असोज २९ गते कोरोना संक्रमण पुष्टि भएका दुईजनाको उपचारमा संलग्न रहेका अस्पतालका डाक्टरको कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।
कोरोना संक्रमितको उपचारमा संलग्न र अन्य गरी ३० जनाको नमुना संकलन गरिएको मध्य एकजनामा कोरोना देखिएको हो । अन्यको नतिजा आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कोरोना संक्रमणको लक्षण देखिएर असोज २६ गते अस्पतालमा उपचार गर्न आएका जलजला ३ का ४९ वर्षीय पुरुष र रघुगंगा हाइड्रोमा कार्यरत ४३ वर्षीय पुरुषको कोरोना पुष्टि भएपछि उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुको पिसिआर परिक्षणका लागि स्वाव संकलन गरिएको थियो ।

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा नै कोरोना देखिएपछि अत्यवश्यक सेवा बाहेकका अन्य सेवा लिन नआउन अस्पतालले अनुरोध गरेको छ ।
अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई नै कोरोना देखिएपछि थप सतर्कता अपनाउनुपर्ने अवस्था आएको निमित्त स्वास्थ्य प्रमुख लम्सालले बताउनुभयो ।

Download: बेनी अस्पतालमा कार्यरत एकजना डाक्टरमा कोरोना संक्रमण