गण्डकी प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

बेनी अस्पताल

म्याग्दी, नेपाल

हाम्रो बारेमा

स्वास्थ्य सेवा मानवका लागि अत्यावश्यक सेवा हो । स्वास्थ्य सेवा जनस्तरमा सुगम, सुनिश्चित, पारदर्शी एंव सर्वसुलभ ढंगबाट उपलब्ध गराउनु राज्यको कर्तव्य हो । धौलागिरी अञ्चलको म्याग्दी जिल्लामा वि.सं. २०५२ सालमाबेनी हेल्थ सेन्टरको रुपमा यस अस्पतालको सुरुवात गरिएको थियो । पछि २०६३ सालदेखि यो अस्पतालले म्याग्दी जिल्ला अस्पतालको रुपमा आफ्नो सेवा सञ्चालन गरेको थियो । आधुनिक एंव परम्परागत स्वास्थ्य उपचार पद्दतिको प्रवर्धन र विकास गरि आम नागरिकहरुको शारिरीक एंव मानसिक स्वास्थ्य अभिवृद्दि गर्ने, रोगहरुको प्रभावकारी ढंगबाट रोकथाम गर्ने र उपचारको समुचित व्यवस्था मिलाउने, निति निर्माण गर्ने, गैरसरकारी संघसंस्था एंव निजी क्षेत्रको संलग्नता गराई स्वास्थ्यसेवा सम्बन्धी कार्यक्रमहरु कार्यान्वयन, अनुगमन तथा मुल्याङ्कन गरी गराई आमजनताको जिवनस्तरमा सकरात्मक परिर्वतन ल्याउनु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको उद्देश्य रहेको छ । यसै उद्देश्य अनुरुप स्वास्थ्य सेवालाई विकास र विस्तार गर्ने क्रममा म्याग्दी जिल्ला अस्पताललाई स्तरोन्नती गरी २०७२ देखि बेनी अस्पतालको रुपमा स्तरोन्नती गरी ५० बेड सहित सेवाको सुरुवात गरिएको छ । यस अस्पतालबाट म्याग्दीजिल्ला मात्र नभै चारवटै जिल्ला पर्वत, म्याग्दी, मुस्ताङ र बागलुङका करिब ६ लाख मानिसहरु लाभान्वीत हुने अपेक्षा छ् ।

यस बेनी अस्पतालमा हाल १ जना मेडिकल सुपरिटेन्डेन्ट सहित १० जना विशेषज्ञ तहका डाक्टरहरुको दरबन्दी रहेको छ । त्यस्तै मेडिकल अधिकृत, नर्सिङ, ल्याब, रेडियोलोजी र अन्य गरी कुल ५९ जनाको नेपाल सरकारको दरबन्दी रहेको छ । अस्पतालको सेवालाई प्रभावकारी बनाउन स्थानीय तहमा अस्पताल विकास समितीबाट पनि विभिन्न तहका गरी कुल ३६ जना कार्यरत रहेका छन् । हाल अस्पतालमा मेडिकल अफिसर सम्मका सबै दरवन्दिहरु पुरा भएका छन साथै नेपाल सरकारबाट करार सेवामा केहि मेडिकल अफिसर तथा बिशेषज्ञ चिकित्सक खटाइएकोले सेवामा बिस्तार गरी Major Operation सेवा हरु संचालन गरीएका छन ।

सरकारी दरबन्दीमा बिशेषज्ञ चिकित्सक पुर्ण नहुँदा यस अस्पतालबाट बिशेषज्ञ सेवा प्रदान गर्न कठिनाई भैरहेको छ । अस्पतालमा चौबिस घन्टा नियमित इमरजेन्सी सेवा, बहिरंग र अन्तरंग सेवा सँगसँगै प्रसुती, ल्याब रेडियोलोजी, अल्ट्रासाउन्ड सेवाहरु संचालनमा छन् । यसको साथै यस अस्पतालमा एच.आइ.भि. संक्रमितहरुको लागि निःशुल्क रक्त परिक्षण, सल्लाह र परार्मश सेवा साथै एड्स लागेका मानिसहरुलाई निःशुल्क औषधी ए.आर.टी. सुविधा पनि रहेको छ । नेपाल सरकारको नयाँ कार्यक्रम अस्पतालमा आधारित लैङ्गिक हिसां सम्बन्धी एकद्धार संकट व्यवस्थापन केन्द्र पनि यस अस्पतालमा संचालित छ जसमा लैङ्गिक हिसांबाट पिडित मानिसहरुले निःशुल्क स्वास्थ्य साथै मनोसामाजिक मनोविर्मश सेवा प्राप्त गरी कानुनी उपचारको लागि थप सल्लाह र सहयोग प्राप्त गर्न सक्दछन् । यस अस्पताल लाई प्रकोप जन्य रोगहरुको सेन्टीनल साइट (EWARS Sentinel Site) को रुपमा समेत बिकास गरी नियमित प्रतिबेदन गरीएको छ। अस्पतालमा अस्पताल फार्मेसी सन्चालन गरीएको छ जसबाट २४ सै घण्टा सस्तोदरमा औषधी उपलब्ध भएको छ । साथै अस्पतालमा नियमितरुपमा डायलाईसिस सेवा उपलब्ध गराइएको छ । ५२ किलो वाटको सौर्य उर्जा प्रणालि जडान गरी अस्पताल परीसरमा २४ सै घण्टा बिजुलीको ब्यवस्था गरिएको छ


यसरी दुर्गम र पिछडिएका समुदायहरुको बाहुल्यता रहेको यस बेनी अस्पतालको एकमात्र विशेषज्ञ सेवा सहितको यस अस्पतालमा हाल भवन निर्माणको क्रममा रहेको साथै विशेषज्ञ चिकित्सकको दरवन्दीहरु रिक्त रहेको अवस्थामा उपयुक्त मेडिकल उपकरणको उपलब्धता साथै दरबन्दी अनुसारको जनशक्ति पुरा हुनुपर्ने देखिन्छ । जसबाट स्थानियस्तरमा नै गरिब विपन्न एंव स्वास्थ्यको पहुँच पुग्न नसकेका जनताहरुले स्वास्थ्य उपचारको मौलिक हक प्राप्त गर्न सक्नेछन् र नेपाल सरकार बाट ल्याइएको स्वास्थ्य नीति लागु गर्न थप सहयोग पुग्नेछ।


ज्ञानेन्द्र प्रसाद सुवेदी

अध्यक्ष

डा अञ्जु थापा

मेडिकल सुपरिटेण्डेन्ट


anjuthapam@gmail.com

खेम कुमारी पन्त

सूचना अधिकारी


khemkumaripanta1@gmail.com